काठमाडौँ — सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एलिट अचिभर्स नाइट कार्यक्रम गरेको छ । सन् २०२५ का लागि एमडीआरटीमा योग्य एजेन्सी म्यानेजरलाई सम्मान गर्न उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।
यसमा एक जना टीओटी, दुई जना सीओटी २४ जना एमडीआरटीका लागि छनोट भएको कम्पनीले जनाएको छ । योग्य एजेन्सी म्यानेजरलाई बधाई दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा पनि अझै बढी सहभागिता बढाउन कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताए ।
