‘महिला टी–२० आर्य त्रिकोणात्मक सिरिज’ को टाइटल प्रायोजक यामाहा

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Yamaha is the title sponsor of the 'Women's T20 Arya Triangular Series'

काठमाडौँ — यामाहा नेपालले ‘महिला टी–२० आर्य त्रिकोणात्मक सिरिज’ को टाइटल प्रायोजक बनेको छ । बिहीबारदेखि सुरु भएको उक्त प्रतियोगिता नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डहरू प्रतिस्पर्धी राष्ट्र हुन् ।

उक्त प्रतियोगिताहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ २५ सम्म हुनेछ । प्रतियोगिताको टाइटल प्रायोजक यामाहाले खेल र खेलाडीको भावनालाई समेट्न प्रतिबद्ध रहेको जनाएको छ ।

साथै यामाहा नेपालको खेलमा संलग्नता जनाउनुले क्रिकेट र खेलकुदप्रेमीलाई खेल भावनाको रोमाञ्चक संयोजक सिर्जना गरेको बताएको छ ।

कान्तिपुर

Link copied successfully