‘महिला टी–२० आर्य त्रिकोणात्मक सिरिज’ मा एनसेलको सहकार्य

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Collaboration with Ncell in 'Women's T20 Arya Triangular Series'

काठमाडौँ — एनसेलले नेपाल क्रिकेट संघ (क्यान) सँग ‘महिला टी–२० आई त्रिकोणात्मक सिरिज’ का लागि सहकार्य गरेको छ ।

बिहीबार सम्पन्न सहकार्यले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा कीर्तिपुरस्थित महिला प्रतिभाको विकासमा योगदान पुर्‍याउने विश्वास रहेको एनसेलले जनाएको छ ।

उक्त खेल बिहीबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । यस सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

अन्य खेलहरूमा नेपालले माघ १९ मा थाइल्यान्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्यान्ड्स र माघ २५ मा फेरि थाइल्यान्डविरुद्ध खेल्नेछ । नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दै छ ।

कप्तान इन्दुसँगै टिममा पूर्वकप्तान रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो, अलिशाकुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनीषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully