देशभर एमएडब्लू वृद्धिका ८६ चार्जिङ स्टेसन

माघ १८, २०८१

कान्तिपुर संवाददाता

86 charging stations of MAW increments across the country

काठमाडौँ — एमएडब्लू वृद्धिले देशभर ८६ वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरेको छ । पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धताअनुसार कम्पनीले उक्त स्टेसन सञ्चालन गरेको जनाएको छ ।

साथै निकट भविष्यमा एक सय स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको बताइएको छ । यसले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारका लागि बलियो जग खडा गरेको कम्पनीको दाबी छ । उक्त विद्युतीय चार्जिङ स्टेसनले दिगो गतिशीलतालाई प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ । फोटोन नेपाल सञ्चालन गर्ने एमएडब्लू वृद्धि एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारी हो । यसले नेपालमा सन् २०१४ देखि अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ । 

कान्तिपुर

Link copied successfully