काठमाडौँ — साओमीले नेपाली बजारमा स्मार्टफोन रेडमी १३ को मूल्य घटाएको छ । कम्पनीले रेडमी १३ का दुई भेरिएन्टकै स्मार्टफोनको मूल्य घटाएको हो । जसमा ६ जीबी र्याम र १२८ जीबी रोममा एक हजार घटाएर १७ हजार ९९९ रुपैयाँ पुर्याएको छ ।
यसैगरी ८ जीबी र्याम र २५६ जीबी रोममा पनि एक हजार नै कम गरेर २० हजार ९९९ रुपैयाँ पुर्याएको कम्पनीले बताएको छ । यी स्मार्टफोनमा मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामरा र ५०३० एमएएचको ब्याट्री छ । यी स्मार्टफोन मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओसन ब्लु रङमा उपलब्ध छन् ।
