काठमाडौँ — विराटनगरस्थित न्युरो अस्पतालले एमडी र एमएस पढ्न चाहनेका लागि डिजाइन गरिएको फेलोसिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रम सुरु गरेको छ ।
सुरु गरिएको फिजिसियन एन्ड सर्जन्स कार्यक्रममा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्युरो सर्जरी र कार्डियोलोजी समावेश छन् । साथै थप विधा पनि जोड्दै जाने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट र अस्पतालका एकेडेमिक डाइरेक्टर प्रा.डा. नवीनकुमार कर्णले कार्यक्रमका पहिलो विद्यार्थी डा. सञ्जय यादवको स्वागत गरेका छन् । न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलको एकेडेमिक कार्यक्रमअन्तर्गत स्टाफ नर्स तथा एचएको पढाइ १४ वर्ष देखि सञ्चालनमा छ ।
