काठमाडौँ — ई–सेवा र गुडविल फाइनान्सबीच कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार गुडविलले ई–सेवाका एजेन्टहरूलाई ३० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।
व्यवसाय सञ्चालन गर्न रकमको अभाव र अनपेक्षित खर्चका लागि पैसा आवश्यक परे उक्त कर्जा सुविधाले सहयोग गर्ने कम्पनीले जनाएको छ । साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई दृष्टिगत गर्दै ई–सेवाले ‘इजी लोन’ को सुरुवात गरेको थियो ।
