काठमाडौंदेखि नुवाकोटसम्म सीएफ मोटो राइड

माघ १७, २०८१

कान्तिपुर संवाददाता

CF Moto Ride from Kathmandu to Nuwakot

काठमाडौँ — नेपालका लागि सीएफ मोटोको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले काठमाठौंको नुवाकोट दरबारसम्मको राइड सम्पन्न गरेको छ ।

कम्पनीले गत माघ १२ मा भएको उक्त राइडमा २० राइडर सहभागी थिए । राइडमा सीएफ मोटो ब्रान्डका एनके २५०, एसआर २५०, एनके ४५० र ४५० एमटी मोटरसाइकलको सहभागिता थियो । राइडमा सहभागी सबै राइडरलाई सीएफ मोटोको राइडिङ ज्याकेट तथा मायाको चिनो प्रदान गरिएको कम्पनीले बताएको छ । उक्त राइडमा प्रथम र दोस्रो विजेतालाई कम्पनीबाट विशेष उपहार प्रदान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully