काठमाडौँ — नेपालमा दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘ट्रान्सफर्मर एसयूभी दिपल ई०७’ सार्वजनिक गरेको छ । सोमबार कम्पनीले दिपल ई०७ लन्च गरेको हो । उक्त गाडी एसयूभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।
साथै ई०७ मा लक्जरियस र इन्टिलेजेन्ट एड्भेन्चर छ । यो रियरह्विल र अलह्विल ड्राइभ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । रियरह्विलमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ । जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ ।
यसैगरी अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । दिपल ई ०७ सेतो, कालो, खरानी र हरियो गरी चार रंगमा उपलब्ध छ । यसको मूल्य एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
