रुकुममा एनएमबीको २०२ औं शाखा

माघ १६, २०८१

कान्तिपुर संवाददाता

202nd Branch of NMB at Rukum

काठमाडौँ — एनएमबी बैंकले रुकुमको आठबीसकोटमा २०२ औं शाखा उद्घाटन गरेको छ । बैंकले माघ १४ मा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाले आठबीसकोटका स्थानीयलाई सहज र सुरक्षित वित्तीय सेवा प्रदान गर्ने अपेक्षा बैंकले राखेको छ । व्यक्तिगत ग्राहक, व्यवसायी र स्थानीय संस्थाको आवश्यकता सम्बोधन गर्न शाखा सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।

बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा शाखा स्थापना गर्दै आएको जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully