सिटिजन्स बैंक र बाइकर्स क्याफेबीच छुट सम्झौता

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Citizens Bank and Bikers Cafe

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र नक्सालस्थित बाइकर्स क्याफेबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले बाइकर्स क्याफेमा १५ प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । देशभर बैंकका १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइ छन् ।

कान्तिपुर

Link copied successfully