काठमाडौँ — चिनियाँ नवीनतम ऊर्जा गाडी (एनईभी) निर्माण गर्ने कम्पनी बीवाईडीले ‘बीवाईडी सेन्जेन’ सार्वजनिक गरेको हो । उक्त सेन्जेन संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर रहेको कम्पनीको दाबी छ ।
यस जहाजले ९२ सय गाडी बोक्न सक्ने क्षमता राख्ने समेत कम्पनीको भनाइ छ । यो चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको कम्पनीले जनाएको छ ।
साथै उक्त सेन्जेन जहाज २१९ मिटर लामो र ३७.७ मिटर चौडा छ । यसमा बीवाईडीको आधुनिक ब्याट्री प्याक, साफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । साथै बीवाईडीले सन् २०२६ सम्म आफ्नो जहाज संख्या ८ पुर्याउने बजारमा लक्ष्य राखेको जनाएको छ ।
