काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधि लगायत क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटीलगायत क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको चेम्बरद्वारा मंगलबार जारी विज्ञप्तिमा छ ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच यसअघी भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्ने सहमति भएको हो । राजदूत बासले नेपाल जस्तो देशमा सहकार्य गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिए ।
