सूर्यज्योतीको एमडीआरटी मिट २०२५ सम्पन्न

माघ १५, २०८१

कान्तिपुर संवाददाता

MDRT Meet 2025 of Surya Jyoti completed

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी मिट २०२५’ सम्न्न गरेको छ । हालै काठमाडौंमा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) ले नेपालका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

साथै नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको एमडीआरटी २०२५ का लागि छनौट भएका उत्कृष्ट अभिकर्तालाई कम्पनीले सम्मान गरेको छ ।

एमडीआरटी २०२५ का लागि अभिकर्तामध्ये गौरवकुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबलका लागि सम्मानित भए । साथै कार्यक्रममा सूर्य ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष केशवप्रसाद भट्टराईलगायतलाई सम्मान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully