बाढीपीडितलाई आवास बनाउन इन्ड्राइभको सहयोग

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Indrive's support to build housing for flood victims

काठमाडौँ — राइड सेयरिङ एप इन्ड्राइभले बाढी र पहिरोपीडितलाई आवास बनाउन सहयोग गरेको छ । इन्ड्राइभले बाढीपहिरो प्रभावित परिवारका लागि ५ वटा आवास कार्यक्रममा ३३ लाख ५५ हजार ५ सय रुपैयाँ सहयोग गरेको जनाएको छ ।

कम्पनीले काभ्रेमा निर्माण भइरहेको आवासका लागि उक्त रकम सहयोग गरेको हो । काभ्रेको नमोबुद्ध नगरपालिका–१० मा तीन, पनौती नगरपालिका–१२ र रोशी गाउँमा ५ वटा आवास निर्माण भइरहेका छन् ।

उक्त आवासमा दुईवटा बेडरुम, अगाडिको स्थानमा बरन्डा, शौचालय, डाइनिङ रिलिभिङ र किचन रहेको इन्ड्राइभले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीका एसिया प्यासेफिक जनरल डाइरेक्टर मार्क टलीले पीडितको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उक्त सहयोग गरेको जनाए ।

कान्तिपुर

Link copied successfully