काठमाडौँ — भारतीय टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले यही माघ १३ मा सोरुम उद्घाटन गरेको हो । कम्पनीका निर्देशक हिमांशु अग्रवालले पोखरा मुख्य बजार रहेकाले टायलको माग सधैं उच्च रहने प्रतिक्रिया दिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।
नयाँ सोरुमले घर बनाउने, निर्माण कम्पनीलगायतलाई टायल उपलब्ध प्रदान गर्न सहज हुने विश्वास रहेको कम्पनीले जनाएको छ । रमेश कर्प र भारतीय टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ । कम्पनीले वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्ने जानकारी दिएको छ ।
