प्रोटन ईभी कार बजारमा आउँदै

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Proton EV car coming to market

काठमाडौँ — जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास ७ ईभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा सार्वजनिक भएको प्रोटन नेपालसहित सिंगापुरमा पनि सार्वजनिक गरिने जनाइएको छ ।

 यसले आसियान एनक्यापबाट ५ स्टार सुरक्षा मूल्यांकन गरेको कम्पनीको दाबी छ । शंकर ग्रुपको दुई र चारपांग्रे सवारीको आधिकारिक बिक्रेता रहेको जगदम्बा मोटर्सले यस महिनाभित्रै डेमो कार नेपाल भित्र्याउने जनाएको छ । यसैगरी कम्पनीले मार्च तेस्रो सातासम्म नेपाल उक्त गाडी सार्वजनिक गर्ने जानकारी दिएको छ । 

कान्तिपुर

Link copied successfully