काठमाडौँ — उद्यमी, व्यवसायी एवं पेसाकर्मीको नेतृत्व तथा व्यक्तित्व विकासका लागि दुई कार्यक्रम हुने भएका छन् ।
ज्ञानपुञ्ज स्कुल अफ म्यानेजमेन्टले माघ १८ ‘अनलक युअर ट्रु पोटेन्सियल’ र माघ १९ मा ‘एक्सक्लुसिभ लिडरसिप प्रोग्राम’ आयोजना गर्न लागेको हो ।
लेखक एवं प्रशिक्षक डा.भूपेन्द्र सिंह राठोरद्वारा उक्त कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । दुई फरक कार्यक्रमबाट उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, कलेजका अधिकारीहरूलाई व्यवस्थापकीय कौशलता विकास गर्न उक्त कार्यक्रम केन्द्रित रहने आयोजकले जानकारी दिएको छ ।
