दिगो ग्रुपका विद्युतीय सवारीमा रिलायन्सको फाइनान्स 

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Digo Group's Reliance Finance on Electric Vehicles

काठमाडौँ — दिगो ग्रुप र रिलायन्स फाइनान्सबीच वित्तीय सेवा प्रदान गर्ने समझदारी भएको छ । माघ १० मा भएको सम्झौताअनुसार रिलायन्सले दिगोका ईभी खरिद गर्ने ग्राहकलाई सवारी लागतको ७० प्रतिशतसम्म ऋण प्रदान गर्नेछ ।

ग्राहकले दिगोको ११, १४, १६ र १९ सिट क्षमता भएका विद्युतीय सवारी साथै अन्य गाडीमा समेत वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको दाबी छ । उक्त सम्झौतापत्रमा दिगो ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully