काठमाडौँ — टीभीएसले काठमाडौंमा राष्ट्रियस्तरको स्किल फेस्ट आयोजना गरेको छ । यस प्रतियोगितामा उत्कृष्ट ३० टेक्निसियनले सहभागिता जनाएका छन् ।
उनीहरू नेपालभरबाट छानिएको कम्पनीले बताएको छ । यसपछि ३० टेक्निसियनमध्येबाट उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बैंग्लोरमा टीभीएस मोटर कम्पनीले आयोजना गर्ने एसियास्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
टीभीएस मोटर्सले यो प्रतियोगिता टेक्निसियनलाई एकै मञ्चमा उभ्याउने र ज्ञान आदानप्रदान गर्न आयोजना गरिएको बताइएको छ ।
