काठमाडौँ — यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक समारोहबीच कम्पनीले शाहलाई उक्त पदमा नियुक्त गरेको हो । कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशकका रूपमा सम्मानसहित स्वागत गरे ।
रेभिन्यूमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको भ्यालु एडिसनका लागि प्रमाणित ट्र्याक रेकर्डका लागि शाह परिचित रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उत्पादन, इञ्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेसन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशमा मार्केटिङ तथा एडभरटाइजिङ गरेको अनुभव शाहसँग रहेको पनि जनाइएको छ । कम्पनीसँग जोडिएर काम गर्न पाउनु गौरवको विषयको रहेको शाहले उल्लेख गरे ।
अन्तर्राष्ट्रिय बजारमा कम्पनीको वार्षिक टर्नओभर एक सय करोड रुपैयाँभन्दा माथि रहेको पनि कम्पनीले बताएको छ । भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापोर, न्युजिल्यान्डलगायत १५ भन्दा बढी देशमा कम्पनीले आफ्ना उत्पादन निर्यात गर्ने गरेको जनाएको छ ।
