माउन्टेन ईभी र टीएम वानमा एमएडब्लूको विशेष योजना

माघ १२, २०८१

कान्तिपुर संवाददाता

MAW's exclusive plan on Mountain EV and TM One

काठमाडौँ — एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएम वानमा विशेष योजना ल्याएको छ । यस योजनाअनुसार ग्राहकले विद्युतीय गाडी माउन्टेन ईभी र टीएम वान मोडलमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पाउनेछन् ।

योजनाअन्तर्गत ग्राहकले ९ लाख ९९ हजारमा माउन्टेन ईभी र ५ लाख ९९ हजार रुपैयाँसम्मको डाउन पेमेन्टमा टीएम वान खरिद गर्न सक्नेछन् । यसका अतिरिक्त ग्राहकले आर्थिक वर्ष २०८१/८२ का लागि एक वर्षको निःशुल्क बिमा र सडक करमा समेत पाउने कम्पनीले जनाएको छ । साथै ७ किलोवाटको चार्जरसमेत निःशुल्क पाउने कम्पनीले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully