काठमाडौँ — इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ आयोजना हुने भएको छ । फागुन ७ मा हुने उक्त अवार्ड १३ विधामा प्रदान गरिने आयोजक नयन एड्भरटाइजिङ मिडियाले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलजी र इन्स्योरेन्स विधामा अवार्ड प्रदान गरिने बताइएको
छ । उल्लिखित क्षेत्रमा उत्कृष्ट काम गर्ने र योगदान दिएका व्यक्तिलाई उक्त अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
