फुडमान्डु अब बुटवलमा 

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Fudmandu now in Butwal

काठमाडौँ — फुड डेलिभरी कम्पनी फुडमान्डुले औपचारिक रूपमा बुटवलबाट पनि आफ्नो सेवा सुरु गरेको छ । बुटवलको डी क्राउनइनमा बिहीबार आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरियो ।

काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमान्डुले एक हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याउँदै आएको बताएको छ । यससँगै कम्पनीले हालै ‘वानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ । यस सेवाले किराना तथा अन्य उपभोग्य वस्तुको तुरुन्त डेलिभरी गर्ने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully