केआईईसीको शैक्षिक मेला 

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Educational fair of KIEC

काठमाडौँ — वैदेशिक शिक्षा परामर्शदाता कम्पनी केआईईसीले केआईईसी शैक्षिक मेला आयोजना गरेको छ । काठमाडौंको पुतलीसडकस्थित आफ्नै कार्यालय परिसरमा कम्पनीले शुक्रबार मेलाको आयोजना गरेको हो ।

एकदिने मेलामा विद्यार्थीहरूले यूके, नेदरल्यान्ड्स, आयरल्यान्ड, अमेरिका र क्यानडाका विश्वविद्यालयबारे प्रत्यक्ष जानकारी लिए । मेलामा कम्पनीले विद्यार्थीहरूलाई बाहिरका विश्वविद्यालयमा भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर र भिसा प्रक्रिया सहजीकरणमा आवश्यक पर्ने जानकारी उपलब्ध गराएको बताइएको छ । 

कान्तिपुर

Link copied successfully