सिद्घार्थका ग्राहकलाई हार्ड रक क्याफेमा छुट

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Discount at Hard Rock Cafe for Siddharth's customers

काठमाडौँ — सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौंबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले दरबारमार्गस्थित हार्ड रक क्याफेमा १० प्रतिशत छुट पाउनेछन् ।

यसका लागि ग्राहकले क्याफेको सेवा प्रयोग गरी बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा उक्त छुट पाउनेछन् । नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रेरित गर्ने उद्देश्यले उक्त छुट सेवा ल्याइएको बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully