बृज एडिटिभ्सको नयाँ उत्पादन घोषणा

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Brij Additives New Product Announcement

काठमाडौँ — बृज एडिटिभ्सले नयाँ उत्पादनहरूको शृंखला सुरु गरेको छ । यस नयाँ शृंखलामा सिमेन्ट टायल ग्राउट, टाइल एडिसिभ, फ्लोभ हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिङ र वाटरप्रुफिङ सिस्टम समावेश रहेको कम्पनीले जनाएको छ ।

टायलहरू उच्च गुणस्तरको हुने र जुनै प्रकारका टायलिङका लागि बलियो हुने कम्पनीको दाबी छ । यो ३ एमएम चौडासम्मका टाइल जोइन्टका लागि उपयुक्त हुने चारैतिर प्रयोग गर्न सकिने भएको कम्पनीको भनाइ छ । यसैगरी सिमेन्ट टायल ग्राउट भने टायलबीचको खाली स्थान भर्ने भएकाले टाइलको प्रदर्शन सुधार गर्ने कम्पनीले जनाएको छ ।

केडिया अर्गनाइजेसनको हिस्सा रहेको बृज एडिटिभ्सले तीन वर्षदेखि आधुनिक प्रविधिबाट उल्लिखित स्वदेशी उत्पादन गरिरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully