अशोक लेल्यान्डले ल्यायो लेपावर जेनसेट

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Ashok Leyland introduced the LePower Genset

काठमाडौँ — आईएमई ग्रुपसँगको सहकार्यमा अशोक लेल्यान्डले नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । एक समारोहबीच बिहीबार लेपावर सार्वजनिक गरियो ।

लेपावर जेनसेटको आधिकारिक वितरकका रूपमा आईएमई इलेक्ट्रिक रहेको जनाइएको छ । देशमा बढ्दै गएको ऊर्जा मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ नेपाली बजारमा उक्त गाडी ल्याइएको कम्पनीले बताएको छ । भारतीय बजारमा विस्तार भएसँगै लेपावर जनेसेटले नेपालमा पनि उपस्थिति बढाउने अशोक लेल्यान्डका सार्क हेड अमिताभ श्रीवास्तवले जनाए । लेपावर जेनसेटका ग्राहकलाई विश्वसनीयता कायम राख्न अतुलनीय सेवा प्रदान गर्ने आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

कान्तिपुर

Link copied successfully