यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Shah, Global Executive Director, Yashoda Foods

काठमाडौँ — यशोदा फूड्सको नयाँ कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । शुक्रबार काठमाडौंमा एक समारोहकाबीच कम्पनीले शाहलाई उक्त पदमा नियुक्त गरेको हो ।

कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मानसहित स्वागत गरे । उनी रेभिन्यूमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै ईन्टरप्राइजको भ्यालु एडिशनका लागि प्रमाणित ट्रयाक रेकर्डका लागि परिचित छन् ।

शाहको अनुभव तथा विशेषज्ञता उत्पादन, ईञ्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशमा मार्केटिंग तथा एडभरटाइजिङ रहेको छ । सोअवसरमा उनले कम्पनीसँग जोडिएर काम गर्न पाउनु गौरवको विषयको रहेको उल्लेख गरे ।

कम्पनीको अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड रुपैयाँभन्दा माथि रहेको छ । कम्पनीले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्नाउत्पादननिर्यात गर्ने गरेको जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully