काठमाडौँ — टीभीएसले काठमाडौंमा राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना गर्ने जनाएको छ । यस सिप प्रतियोगितामा उत्कृष्ट ३० टेक्नीसियनहरूले सहभागिता जनाएका छन् ।
उनीहरू नेपालभरबाट छानिएको कम्पनीले जनाएको छ । यसपछि ३० टेक्नीसियनहरूमध्येबाट उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले जानकारी दिएको छ ।
टीभीएस मोटर्सले यो प्रतियोगिता टेक्नीसियनलाई एकै मञ्चमा उभ्याउने र ज्ञान आदानप्रदान गर्न आयोजना गरिएको जनाएको छ ।
