काठमाडौँ — भारतीय सौर्य ईपीसी कम्पनीले नेपालका विभिन्न स्थानहरूमा ५ सय मेगावाटभन्दा बढी सौर्य उर्जा परियोजना स्थापना गर्ने लक्ष्य राखेको छ ।
गोल्याण पावर लिमिटेडको संयुक्त रूपमा बुधबार प्रोजिल ग्रिन इनर्जी शिखर सम्मेलनको औपचारिक सुरुवात गर्दै सो परियोजनाबारे जानकारी दिइएको हो । यो परियोजना स्वच्छ उर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय उर्जा क्षेत्रमा रुपान्तरणकारी युगको महत्वपूर्ण कदम हुने समेत कम्पनीले जनाएको छ । सो अवसरमा प्रोजि ग्रिन इनर्जीका अध्यक्ष शोबित बैजनाथ रायले यस परियोजनामार्फत नेपाललाई उर्जाद्वारा सशक्त बनाउने प्रतिबद्धता जाहेर गरे ।
यसैगरी गोल्याण पावरका प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रवीण अर्यालले सो साझेदारीले नेपालमा नवीकरणीय उर्जा र दिगोपन प्रतिको प्रतिबद्धतालाई प्रस्तुत गरेको दाबी गरे । प्रोजिल ग्रिन इनर्जीले २ गिगावाटभन्दा बढी स्थापित क्षमता र व्यवसायिक, औद्योगिक र सरकारी क्षेत्रमा तीन सयभन्दा बढी ग्राहकसँग उर्जालाई डिकार्बोनाइज गर्ने कामको नेतृत्व गरिरहेको जनाएको छ ।
यसले सौर्य विद्युत्, हाइब्रिड नवीकरणीय उर्जा आयोजना, हरित हायड्रोजनलगायत नवीकरणीय उर्जा उत्पादनमा काम गर्दै आईरहेको छ । नेपालमा नेपाल विद्युत प्राधिकरण र रिलाइन्स स्पिनिङ मिल्सका गरी पाँच वटा सौर्य विद्युत् आयोजना अघि बढाईरहेको छ ।
