काठमाडौँ — इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ आयोजना हुने भएको छ । उक्त अवार्ड फागुन ७ गते हुनेछ ।
१३ विधामा अवार्ड प्रदान गरिने आयोजक नयन एड्भरटाइजिङ मिडियाले जानकारी दिएको हो ।
आयोजकका अनुसार शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा सो अवार्ड प्रदान गरिनेछ । उल्लेखित क्षेत्रमा उत्कृष्ट काम गर्ने र योगदान दिएका व्यक्तिलाई सो अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
