केआईईसीको शैक्षिक मेला हुँदै

माघ १०, २०८१

कान्तिपुर संवाददाता

KIEC educational fair

काठमाडौँ — वैदेशिक शिक्षा परामर्शदाता कम्पनी केआईईसीले केआईईसी शैक्षिक मेला आयोजना गरेको छ ।

कम्पनीले शुक्रबार काठमाडौंको पुतलीसडकस्थित आफ्नै कार्यालय परिसरमा उक्त मेलाको आयोनजा गरेको जानकारी दिएको हो । एक दिने मेलामा विद्यार्थीहरूले यूके, नेदरल्यान्ड, आयरल्यान्ड, अमेरिका र क्यानाडाका विश्वविद्यालयको बारेमा प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

मेलामा कम्पनीले विद्यार्थीहरूलाई बाहिरका विश्वविद्यालयमा भर्ना प्रकृया, छात्रवृत्ति अवसर र भिसा प्रकृयाको सहजीकरणमा आवश्यक पर्ने जानकारी उपलब्ध गराउने जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully