काठमाडौँ — नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले नेपाली बजारमा केई एक्स–३ प्रो उपलब्ध गराएको छ ।
कम्पनीले उक्त गाडी ९९ किलोवाटमा उपलब्ध हुने जनाएको छ । साथै उक्त गाडीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ रहेको छ । यो अफर मूल्य भने सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
यो कम्प्याक्ट एसयूभी सेगमेन्टमा किफायती मूल्यको गाडी रहेको कम्पनीको दाबी छ । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियमआइरन फस्फेट ब्याट्री छ । जसले २६० एनएमसम्मको टर्क प्रदान गर्छ । साथै एक पटकको चार्जमा ३७० किलोमिटर रेन्ज दिने, ब्याट्रीलाई फुलचार्ज गर्न ५ देखि ७ घण्टा लाग्ने, घरमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिने र डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्मचार्ज गर्न सकिने विशेषता रहेको कम्पनीले जनाएको छ ।
