सिद्धार्थ  बैंकका ग्राहकलाई हार्ड रक क्याफे  १० प्रतिशत छुट

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Hard Rock Cafe 10 percent discount for Siddharth Bank customers

काठमाडौँ — सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौंबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार  बैंकका ग्राहकले  दरबारमार्गस्थित  हार्ड रक  क्याफेमा १० प्रतिशत छुट पाउनेछन् । यसका लागि ग्राहकले क्याफेको सेवा प्रयोग गरी बैंकको  कार्ड  तथा मोबाईल  बैंकिङ  सेवाबाट  भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन्  । ग्राहकले क्याफेको फुड र बेभरेजमा सो छुट पाउनेछन् ।

नगद कारोबारबाट डिजिटल  कारोबारमा जान प्रेरित गर्ने उद्देश्यले बैंकले उक्त छुट सेवा ल्याएको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully