फुडमाण्डु अब बुटवलमा 

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Fudmandu now in Butwal

काठमाडौँ — फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलबाट पनि आफ्नो सेवा सुरु गरेको जनाएको छ ।

बिहीबार बुटवलको डि क्राउनइनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आˆनो सेवा विस्तार गरिसकेको फुडमाण्डुले एक हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै  ३ लाख भन्दा बढी ग्राहकवर्गलाई सेवा पुर्‍याउँदै आइरहेको जानकारी दिएको छ ।

योसँगै कम्पनीले हालै ‘वानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ । यस सेवाले किराना तथा अन्य उपभोग्य वस्तुको तुरुन्त डेलिभरी गर्ने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully