शुक्रबार केआईईसीको शैक्षिक मेला

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Educational Fair of KIEC on Friday

काठमाडौँ — शैक्षिक परामर्शका लागि काम गर्दै आइरहेको केआईईसीले पुतलीसडकस्थित आफ्नै कार्यलयमा शुक्रबार शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

दिउँसो ११ देखि साँझ ५ बजेसम्म चल्ने एक दिने मेलामा युरोपका यूके, नेदरल्यान्ड, आयरल्याण्डका साथै अमेरिका र क्यानाडाका विश्वविद्यालका प्रतिनिधि सहभागी हुनेछन् ।

मेलामा विद्यार्थी र अभिभावकलाई भर्ना प्रक्रिया, छात्रवृत्ति अवसरहरू, र भिसा प्रक्रियाको सहजीकरण गरिने केआईईसीले जनाएको छ ।

केआईईसीका प्रबन्ध निर्देशक राजेन्द्र रिजालले भने, विद्यार्थीले सही परामर्श पाउँदा मात्र विदेश अध्ययनको सपना सफल हुन्छ । यो मेला विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने जानकारीको खजाना हुनेछ । केआईईसी करिब दुई दशकदेखि शैक्षिक परामर्शमा सक्रिय छ ।

कान्तिपुर

Link copied successfully