काठमाडौँ — युनिलिभरको ब्रान्ड सनसिल्कले ‘सनसिल्क भाइब्स’ अभियानको विजेता सार्वजनिक गरेको छ । यो ‘सनसिल्क दसैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले सिजन ४ को विजेता घोषणा गरेको हो ।
यस सिजनमा देशभरका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरेको कम्पनीको भनाइ छ । यस वर्षको अभियानका विजेताहरू आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर रहे । विजेताहरू प्रत्येकले जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उनीहरू आफ्नो भिन्न स्टाइल र सिर्जनात्मकताले गरेर विजेता बनेको कम्पनीको भनाइ छ ।
