काठमाडौँ — नेपाल एसबीआई बैंकले कास्कीस्थित नेपाल भारत मैत्री संघलाई तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार एक समारोहबीच पोखरा महानगरपालिकाअन्तर्गत रहेको नेपाल भारतमैत्री पुस्तकालय सहज रूपमा सञ्चालन गर्न सहयोग गरेको जनाएको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरुङले संघका अध्यक्ष गोपाल धोजुलाई हस्तान्तरण गरे ।
