आरुसमा ओस्टियोपोरोसिस शिविर 

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Osteoporosis camp in Arusha

ललितपुर — ललितपुरको कुपन्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा दुई साताका लागि ओस्टियोपोरोसिस शिविर आयोजना गरिएको छ ।

‘टुटेको हाँगाजस्तै हड्डी कमजोर नबनोस्, ओस्टियोपोरोसिस जाँच गरौं’ भन्ने नाराका साथ राखिएको शिविरमा ५० वर्ष उमेर पुगेका व्यक्तिलाई 

लक्ष्य गर्दै अस्पतालले हड्डी कमजोर हुने रोग ओस्टियोपोरोसिसबारे माघ ६ देखि २० सम्म विशेष शिविर राखेको हो । अस्पतालले एक महिनाअघिदेखि अर्थोपेडिक तथा ट्रमा विभाग स्थापना गर्दै अर्थोसम्बन्धी विशेषज्ञ सेवा दिन सुरु गरेको छ । यही विशेषज्ञ सेवाअन्तर्गत शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully