जगदम्बा मोटर्सको 'अनस्टपेबल फ्रिडम’ अभियान 

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Jagdamba Motors' 'Unstoppable Freedom' campaign

काठमाडौँ — टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा गरेको जनाएको छ ।

कम्पनीले फ्ल्यागसिप मोडेलहरू टीभीएस अपाचे आरटीआर १६० रिफ्रेस ४ भी एफडी र अपाचे आरटीआर १६० २ भी रिफ्रेस बीटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको हो । यस अफरअन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’ को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने जनाएको छ ।

यो अफरअन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । 

कान्तिपुर

Link copied successfully