काठमाडौँ — नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नेपाली बजारमा ‘दिपल ई ०७’ सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभी दिपल ई ०७ सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
यसमा चांगानको प्राथमिकतामा रहेको आधुनिक प्रविधि र अद्वितीय डिजाइन उक्त एसयूभीमा रहेको कम्पनीले जानकारी दिएको छ । यो एउटा बटन थिच्दा एसयूभीबाट ट्रकमा कन्भर्ट हुने र यो अफरोडका लागि पनि उत्तम बनाउने कम्पनीको दाबी छ ।
यसमा १९० किलोवाटको ‘रियरह्विल ड्राइभ’ ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ । यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लूएलटीपी’ र यसमा ‘अल्ट्रा–फास्ट डीसी चार्जर’ को क्षमता छ ।
