काठमाडौँ — बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पुराना गाडीसँग नयाँ गाडी लिन सकिने योजना ल्याएको छ । जसअनुसार कम्पनीले पाँच दिनसम्मका लागि ‘एक्सचेन्ज फेस्ट’ सञ्चालन गरेको जनाएको छ ।
यो फेस्ट माघ ९ देखि १३ गतेसम्म चल्ने कम्पनीको भनाइ छ । यो एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग नयाँ ब्रान्ड विद्युतीय गाडी लिन सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकलाई कम्पनीले उत्कृष्ट मूल्यांकन, बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसरिज र चार्जरसमेत प्रदान गर्ने जनाएको छ । यो कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।
