काठमाडौँ — चिनियाँ कार निर्माता नेटा कम्पनीले ८१८.८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गरेको छ । यो लगानीसँगै कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको छ ।
यसपछि नेटा सन् २०२५ मा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुने योजना रहेको कम्पनीको भनाइ छ । नेटाको बिक्री सन् २०२४ को अन्त्यदेखि घटेको थियो ।
नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको चाइना ईभी डाटा ट्र्याकरले जनाएको छ । यद्यपि नेटाका अध्यक्ष फाङयुन झोउले २०२५ मा नाफा सकारात्मक हुने र २०२६ मा कम्पनी नाफामा आउने दाबी गरेका छन् ।
