काठमाडौँ — कजारिया रमेश टायल्सले नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३० बाई ६० सीएम सेरामिक वाल टायल प्रदर्शनी गरेको छ । कम्पनीले राजधानीमा आयोजित पार्टनर्स मिट कार्यक्रममार्फत उक्त सेरामिकल वाल टायलको सार्वजनिक प्रदर्शनी गरेको हो ।
बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिस डिजाइन ल्याउने कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा सयभन्दा बढी डिलरको सहभागिता थियो ।
उक्त अवसरमा कम्पनीले विदेश यात्रा योजनाका विजेता घोषणासमेत गरेको छ । जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापान, १३ जना डिलरलाई थाइल्यान्ड र ६ जना डिलरलाई सिंगापुरका लागि टिकट वितरण गरिएको कम्पनीले जनाएको छ ।
