काठमाडौँ — कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ २४ देखि ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना गर्ने भएको छ । सूचना तथा प्रविधि क्षेत्रको उक्त इन्फोटेक माघ २८ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने क्यान महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस पटकको इन्फोटेकमा सूचना प्रविधिका नयाँ–नयाँ आविष्कार र प्रविधि समेटिने महासंघले जनाएको छ । यससँगै क्यानले स्टल बुकिङ र इन्फोटेक प्रायोजन गर्न आह्वानसमेत गरेको छ । इन्फोटेकमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीलाई आफ्नो बजार विस्तार गर्न, ग्राहकका आवश्यकता थाहा पाउन, बजार सर्वेक्षण गर्न, नयाँ उत्पादन सार्वजनिक गर्न र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्न इन्फोटेक राम्रो अवसर हुने महासंघले जनाएको छ ।
