बजारमा दिपल एस ०७ एल 

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Deepal S 07L in Bazar

काठमाडौँ — एमएडब्लू वृद्धिले नेपाली बजारमा ‘दिपल एस ०७ एल’ सार्वजनिक गरेको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा दिपल एस ०७ सार्वजनिक गरियो । एसयूभी दिपल एस ०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभी कम्पनीले बजारमा ल्याएको हो ।

दिपल एस ०७ एल १५ दिनका लागि मात्र ८१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने अफर रहेको कम्पनीले जनाएको छ । यस अफरपछि भने दिपल एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ हुनेछ । फ्युचरिस्टिक डिजाइन र आधुनिक प्रविधिका कारण लोकप्रिय दिपल एस ०७ हालसम्म सात सयभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । दिपल एस ०७ एलमा १६० किलोवाटको रियर ह्विलड्राइभ छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले एक पटकको चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिने कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully