काठमाडौँ — भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकलाई २२ करोड रुपैयाँभन्दा बढीको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ । भाटभटेनीले यस वर्षका लागि उक्त गिफ्ट भौचरको घोषणा गरेको हो ।
उक्त गिफ्ट भौचर पाउने ग्राहकले भाटभटेनीका देशभर रहेका २७ वटा स्टोरमा प्रयोग गरी सामान किन्न सक्ने जनाएको छ ।
‘यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्नेमध्ये एक लाख नौ हजार ग्राहकले प्राप्त गर्नेछन्,’ भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेका छन् ।’
भौचर २०८१ माघ ६ देखि फाुगन ९ सम्म वितरण गरिने जनाइएको छ ।
