काठमाडौँ — नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटो कोर्पले स्कुटर एक्टिभेसन कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले देशभरका प्रमुख सहरमा भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम आयोजना गरेको हो ।
कम्पनीले चितवनको भरतपुर नारायणघाट, पोखरा, बागलुङ, नवलपुरको गैंडाकोटमा स्कुटरको टेस्ट राइड आयोजना गरेको थियो ।
यसैगरी बुटवलबाट लुम्बिनीसम्म र हेटौंडाबा मकवानपुरगढीसम्म स्कुटर र्याली आयोजना गरेको जानकारी दिएको छ ।
