काठमाडौँ — कजारिया रमेश टायल्सले नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०ह६० सिएम सिरेमिक वाल टायल प्रदर्शनी गरिएको छ ।
कम्पनीले हालै राजधानीमा आयोजित पार्टनर्स मिट कार्यक्रममार्फत उक्त सिरेमिकल वाल टायलको सार्वजनिक प्रदर्शनी गरिएको हो । साथै कम्पनीले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिस डिजाइनहरू ल्याउने जनाएको छ । सो कार्यक्रममा सयभन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो ।
उक्त अवसरमा कम्पनीले विदेश यात्रा योजनाका विजेता घोषणा समेत गरेको छ । जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
